बिर्तामोडमा पाठेघरको मुखको क्यान्सर निशुल्क परीक्षणमा ६ सय ४१ जनाले सेवा लिए

बिर्तामोड, १७ फागुन । बिर्तामोड नगरपालिकाले आयोजना गरेको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा ६ सय ४१ जनाले सेवा लिएका छन् । ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिलाका लागि फागुन ११ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धिको जाँचमा ६ [...] The post बिर्तामोडमा पाठेघरको मुखको क्यान्सर निशुल्क परीक्षणमा ६ सय ४१ जनाले सेवा लिए appeared first on Jhapa Online.

Mar 1, 2025 - 00:41
 0
बिर्तामोडमा पाठेघरको मुखको क्यान्सर निशुल्क परीक्षणमा ६ सय ४१ जनाले सेवा लिए

बिर्तामोड, १७ फागुन । बिर्तामोड नगरपालिकाले आयोजना गरेको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा ६ सय ४१ जनाले सेवा लिएका छन् ।

३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिलाका लागि फागुन ११ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धिको जाँचमा ६ सय ४१ जनाले सेवा लिएको नगरअस्पतालकी सिनियर नर्सिङ अधिकृत ओमकुमारी गुरुङले जानकारी दिनुभयो ।

नगरपालिकाले ४ वटा स्थानमा शिविर सञ्चालन गरेको थियो ।आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर १मा १ सय ३५ जना, वडा नम्बर ९ मा १ सय १८ जना, वडा नम्बर १० मा १ सय ४६ जना र नगरअस्पतालमा २ सय ४२ जनाले सेवा लिएको जनाईएको छ ।

शिविरमा १ सय १ जनामा पाठेघर खस्ने (युटेरो भजाइनल प्रोल्याप्स), ३ जनामा स्तनमा गाँठागुठी र २२ जनामा पाठेघरको विभिन्न समस्या पाईएको नर्सिङ अधिकृत दिपा श्रेष्ठले जानकारी दिनुभयो । यि मध्ये १९ जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ ।

The post बिर्तामोडमा पाठेघरको मुखको क्यान्सर निशुल्क परीक्षणमा ६ सय ४१ जनाले सेवा लिए appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register