तीन दिनमा ५७ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । सुनको मूल्य पछिल्लो तीन दिनदेखि लगातार बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रूपैयाँले बढेको छ । आज सुन तोलाको १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुन पछिल्लो तीन दिनमा ५ हजार ७ सय रूपैयाँले बढेको छ । यसअघि […]

Feb 6, 2025 - 05:42
 0
तीन दिनमा ५७ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । सुनको मूल्य पछिल्लो तीन दिनदेखि लगातार बढिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रूपैयाँले बढेको छ ।

आज सुन तोलाको १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

सुन पछिल्लो तीन दिनमा ५ हजार ७ सय रूपैयाँले बढेको छ । यसअघि बुधबार सुन तोलामा २२ सय र मङ्गलबार १९ सय रूपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । चाँदी तोलामा ५ रूपैयाँले बढेर १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register