‘गणतन्त्रविरोधी शक्तिहरु अझै पनि सक्रिय छन्’

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधी शक्तिहरु अझै सक्रिय रहेको बताएका छन् । बागीश्वरी माविको ६६औँ वार्षिकोत्सवको बिहीबार यहाँ उद्घाटन गर्दै उनले सत्तामा बस्नेहरूमा दूरदर्शी सोचको अभावले गणतन्त्रविरोधी शक्तिहरु अझै सक्रिय रहेको बताएका हुन् । प्रजातन्त्रमा प्रतिपक्ष बलियो नभए प्रजातन्त्र कमजोर हुने चर्चा गर्दै अध्यक्ष […]

Feb 6, 2025 - 16:24
 0
‘गणतन्त्रविरोधी शक्तिहरु अझै पनि सक्रिय छन्’

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधी शक्तिहरु अझै सक्रिय रहेको बताएका छन् ।

बागीश्वरी माविको ६६औँ वार्षिकोत्सवको बिहीबार यहाँ उद्घाटन गर्दै उनले सत्तामा बस्नेहरूमा दूरदर्शी सोचको अभावले गणतन्त्रविरोधी शक्तिहरु अझै सक्रिय रहेको बताएका हुन् । प्रजातन्त्रमा प्रतिपक्ष बलियो नभए प्रजातन्त्र कमजोर हुने चर्चा गर्दै अध्यक्ष बिजुक्छेले भने, “प्रजातन्त्रमा प्रतिपक्षको अलग भूमिका हुन्छ, प्रतिपक्ष बलियो भएन भने प्रजातन्त्र कमजोर हुन्छ । प्रजातन्त्रको मर्म थाहा नहुनेहरू सत्तामा छन् । सिद्धान्तहीन मान्छे विश्वसनीय हुँदैन । पदमा बस्नेहरूको बौद्धिकस्तर मापन गर्नुपर्छ ।” उनले ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिन सरकारसँग माग गरे ।

कार्यक्रमका सभापति एवं भक्तपुर नगरपलिकाका प्रमुख सुनिल प्रजापतिले वार्षिक एक लाखको हाराहारीमा नेपाली विद्यार्थी बिदेसिँदा नेपालमा दक्ष जनशक्तिको अभाव हुन थालेको बताए । यसलाई रोक्न राज्यले निःशुल्क शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register