वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट  चन्द्रनिगाहापुरका दीपक आलेमगर रहेको प्रहरीले जानकारी दिएको छ । आलेमगरविरुद्ध प्रहरीले पूरक अभियोग लैजाने तयारी गरेको जनाएको छ । उनीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालिएको बताइएको छ । काठमाडौँ जिल्ला अदालतले यसअघि पक्राउ […]

Feb 7, 2025 - 13:48
 0
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट  चन्द्रनिगाहापुरका दीपक आलेमगर रहेको प्रहरीले जानकारी दिएको छ ।

आलेमगरविरुद्ध प्रहरीले पूरक अभियोग लैजाने तयारी गरेको जनाएको छ । उनीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालिएको बताइएको छ ।

काठमाडौँ जिल्ला अदालतले यसअघि पक्राउ परेका ३ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि दोलखाका ललितकुमार केसी र झापाकी  सीतादेवी राई धरौटी बुझाएर छुटेका छन् । धरौटी बुझाउन नसकेका हुम्लाका  महानन्द जैसी कारागार चलान भएका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register