कराँते च्याम्पियनसिपका रजतपदक विजेता दावालाई सम्मान

काठमाडौं । गैरआवासीय नेपाली, जापानका सुवर्ण कार्कीले चौथो विश्व क्योकुसिन तेजुका कराँते च्याम्पियनसिपका रजतपदक विजेता दावा शेर्पालाई नगदसहित सम्मान गरेका छन् । कार्कीले एक कार्यक्रमबीच दावालाई व्यक्तिगत ५० हजार रुपैयाँ  प्रदान गरेका हुन् । जापानको फकुओकामा गत फेब्रुअरी २४ तारिखमा भएको प्रतियोगितामा दावाले पुरुष एकल कातामा रजतपदक जितेका थिए । प्रोत्साहन पुरस्कार हस्तान्तरणपछि कार्कीले भने, […]

Apr 15, 2025 - 06:50
 0
कराँते च्याम्पियनसिपका रजतपदक विजेता दावालाई सम्मान

काठमाडौं । गैरआवासीय नेपाली, जापानका सुवर्ण कार्कीले चौथो विश्व क्योकुसिन तेजुका कराँते च्याम्पियनसिपका रजतपदक विजेता दावा शेर्पालाई नगदसहित सम्मान गरेका छन् ।

कार्कीले एक कार्यक्रमबीच दावालाई व्यक्तिगत ५० हजार रुपैयाँ  प्रदान गरेका हुन् ।

जापानको फकुओकामा गत फेब्रुअरी २४ तारिखमा भएको प्रतियोगितामा दावाले पुरुष एकल कातामा रजतपदक जितेका थिए ।

प्रोत्साहन पुरस्कार हस्तान्तरणपछि कार्कीले भने, ‘विश्व च्याम्पियनसिपमा पदक जित्नु चानचुने कुरा होइन । यो ऐतिहासिक उपलब्धि हासिल गरेकोमा तपाईं (दावा)लाई बधाई छ । तपाईंको सफलता पैसासँग तुलना गर्न मिल्दैन । यसलाई मेरोतर्फबाट सम्मान र प्रोत्साहन सम्झनुहोला ।’

कार्कीले सोही प्रतियोगिताका दौरान भएको अन्तर्राष्ट्रिय कराँते सङ्गठन क्योकुसिनकाइ–कान (तेजुका समूह), जापानले आयोजना गरेको अन्तर्राष्ट्रिय डान ग्रेडिङ टेष्टबाट पाँचौं डान प्राप्त गर्न सफल नेपाल क्योकुसिन कराँते (इको) सङ्घका अध्यक्ष दमन बस्नेतलाई बधाई दिए ।

कार्यक्रममा अध्यक्ष बस्नेतले दावाले जितेको पदक नेपाली फुल कन्ट्याक्ट करातेको इतिहासमा अहिलेसम्मकै ठूलो सफलता भएको बताए ।

दावालाई सोही उपलब्धिका लागि नेपाल क्योकुसिन कराँते (इको) सङ्घले पनि गत चैत २८ गते २५ हजार नगदसहित सम्मान गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register