उदयपुरमा प्रचारात्मक केपी ओली फुटसल कप प्रतियोगिता सम्पन्न
उदयपुर । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा यही फागुन ११ देखि १९ गतेसम्म हुने केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको प्रचारप्रसारका लागि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति उदयपुरले “केपी ओली कप प्रचारात्मक कमरेड खुला फुटसल कप प्रतियोगिता–२०८१“ सम्पन्न गरेको छ । शुक्रबार जिल्लाको चौदण्डीगढी नगरपालिका स्थित सशस्त्र प्रहरी बल बेस क्याम्प बेल्टारमा रहेको […]


उदयपुर ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा यही फागुन ११ देखि १९ गतेसम्म हुने केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको प्रचारप्रसारका लागि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति उदयपुरले “केपी ओली कप प्रचारात्मक कमरेड खुला फुटसल कप प्रतियोगिता–२०८१“ सम्पन्न गरेको छ ।
शुक्रबार जिल्लाको चौदण्डीगढी नगरपालिका स्थित सशस्त्र प्रहरी बल बेस क्याम्प बेल्टारमा रहेको फुटसल मैदानमा प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरी, बेल्टार युनाइटेड क्लब उदयपुर, बसाहा क्लब उदयपुर, ए.पि.एफ. उदयपुर, के.वाई.सी. क्लब उदयपुर, ११ स्टार बोक्से उदयपुर, नेपाल पुलिस उदयपुर, – सुनाखरी युथ क्लब बेलका, उदयपुर वीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिता न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरीले जितेको थियो भने प्रतियोगितामा बेल्टार युनाइटेड क्लब उदयपुर दोश्रो भएको थियो । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त प्राप्त गरेको थियो भने उपविजेताले १५ हजार रुपैयाँ सहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगिताको उद्घाटन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष राकेश राई र चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले संयुक्त रुपमा गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष राकेश राईले केपी ओली कप फुटबल प्रतियोगिताले युवाहरुलाई फुटसल खेलको सँगै अन्य खेलकुदमा लाग्न प्रोत्साहन गर्ने बताउनु भयो । राईले युवालाई खेल प्रतिको आकर्षणका लागि पनि यस किसिमको प्रतियोगिता आयोजना गरिएको जिकिर गर्नुभयो ।
खेलकुद क्षेत्रमा ‘समस्या हैन, सम्भावना छ’ भन्ने कुरालाई उजागर गर्दै युवा संघले दुई वर्ष अगाडिदेखि केपी ओली कप फुटबल सुरु गरेको थियो अहिले उक्त प्रतियोगिताको प्रचारप्रसारका लागि उदयपुरमा “प्रचारात्मक कमरेड खुला फुटसल कप“को आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल उदयपुरका सचिव अनुपराज खत्रीले जानकारी दिनु भयो ।
What's Your Reaction?






