त्रिभुवन विमानस्थल अध्यागमनमा अख्तियारको छापा, कागजपत्र नियन्त्रणमा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानी केही महत्वपूर्ण कागजात र डिभाइस, मोबाइल तथा कम्युटरहरू नियन्त्रणमा लिएको छ । अध्यागमनका कर्मचारीहरूले भिजिट भिसामा अनियमितता गरेको तथा प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपियाँ उठाउने गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले बुधबार त्रिभुवन विमानस्थल अध्यागमनमा छापा मारेको हो । त्यसक्रममा अख्तियार […]

May 22, 2025 - 02:52
 0
त्रिभुवन विमानस्थल अध्यागमनमा अख्तियारको छापा, कागजपत्र नियन्त्रणमा

काठमाडाैं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानी केही महत्वपूर्ण कागजात र डिभाइस, मोबाइल तथा कम्युटरहरू नियन्त्रणमा लिएको छ ।

अध्यागमनका कर्मचारीहरूले भिजिट भिसामा अनियमितता गरेको तथा प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपियाँ उठाउने गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले बुधबार त्रिभुवन विमानस्थल अध्यागमनमा छापा मारेको हो । त्यसक्रममा अख्तियार टोलीले अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईसँग सोधपुछ गरेको थियो । साथै अन्य ४ जना कर्मचारीसँग पनि सोधपुछ गरिएको थियो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अध्यागनमा अनियमितता भएको भन्दै उजुरी परेपछि अनुसन्धान गर्ने क्रममा केही डिभाइसहरू नियन्त्रणमा लिइएको बताउनुभयो । प्रवक्ता पौडेलले अध्यागमनमा छापा मारेर केही उपकरणहरू नियन्त्रणमा लिए पनि अख्तियारले कसैलाई पनि पक्राउ नगरेको जानकारी दिनुभयो ।

अध्यागमन प्रमुखलगायत ४ जना कर्मचारी र अन्य एक व्यक्तिसँग सोधपुछ गरिएको भए पनि उनीहरू कसैलाई पनि पक्राउ नगरिएको पौडेलले बताउनुभयो । यस प्रकरणमा अख्तियारले थप अनुसन्धान भने जारी राखेको जनाएको छ । तर, छानबिन भने जारी राखिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

अध्यागमन प्रमुख भट्टराईलगायत सोधपुछ गरिएका सबै जनालाई अख्तियारले आवश्यक परेको बेला बोलाउन सकिने भन्दै निगरानीमा राखेको जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङमा भिजिट भिसामा व्यक्तिहरूलाई विदेश पठाइने गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । यस सम्बन्धमा अख्तियारले विगत केही दिनदेखि विमानस्थलमा निगरानी गर्दै आइरहेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा विमानस्थलमा रहेको अध्यागमन कार्यालयकै केही कर्मचारीको संलग्नतामा फर्जी कागजातका आधारमा नेपाली नागरिकलाई विदेश पठाइने गरिएको अनुसन्धानका क्रममा खुलेको हो । प्रमुख भट्टराईको प्रत्यक्ष संलग्न रहेनरहेको बारेमा भने अख्तियारले अनुसन्धान जारी राखेको जनाइएको छ । गृह मन्त्रालयले अध्यागमन प्रमुख भट्टराईको भने सरुवा गरिसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register