मौसम : केही ठाउँमा हल्का हिमपात हुने, तराईमा हुस्सु र कुहिरो

काठमाडौं । देशका केही भूभागमा आज मौसम आंशिकदेखि सामान्य बदली छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले मौसममा बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाकाअनुसार अधिकांश पहाडी भेगमा मौसम बदलीको सम्भावना छ । तराई र उपत्यकाका भूभागमा भने हुस्सु र कुहिरो लागेको छ । आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही […]

Feb 8, 2025 - 01:39
 0
मौसम : केही ठाउँमा हल्का हिमपात हुने, तराईमा हुस्सु र कुहिरो

काठमाडौं । देशका केही भूभागमा आज मौसम आंशिकदेखि सामान्य बदली छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले मौसममा बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाकाअनुसार अधिकांश पहाडी भेगमा मौसम बदलीको सम्भावना छ । तराई र उपत्यकाका भूभागमा भने हुस्सु र कुहिरो लागेको छ ।

आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हिमपात, हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register