जनकपुर साहित्य उत्सवको कविता प्रतियोगितामा झा प्रथम

जनकपुरधाम । जनकपुर साहित्य महोत्सवमा विद्यार्थी केन्द्रित कविता प्रतियोगिता सम्पन्न भएको छ । नवमिथिला फाउन्डेसनको आयोजनामा जारी महोत्सवमा विद्यालयस्तरीय सो प्रतियोगितामा सुमितकुमार झा प्रथम भएका छन् । यसैगरी दोस्रो अतिथि प्रिया र तेस्रो महिमाराजश्री साह भएका छन् । कविता प्रतियोगिताको पहिलो चरणमा ५ जनालाई छनौट गरिएको थियो, जसमध्ये आज ३ जनालाई अन्तिम छनौट गरी विजेता […]

Feb 8, 2025 - 06:06
 0
जनकपुर साहित्य उत्सवको कविता प्रतियोगितामा झा प्रथम

जनकपुरधाम । जनकपुर साहित्य महोत्सवमा विद्यार्थी केन्द्रित कविता प्रतियोगिता सम्पन्न भएको छ ।

नवमिथिला फाउन्डेसनको आयोजनामा जारी महोत्सवमा विद्यालयस्तरीय सो प्रतियोगितामा सुमितकुमार झा प्रथम भएका छन् ।

यसैगरी दोस्रो अतिथि प्रिया र तेस्रो महिमाराजश्री साह भएका छन् ।

कविता प्रतियोगिताको पहिलो चरणमा ५ जनालाई छनौट गरिएको थियो, जसमध्ये आज ३ जनालाई अन्तिम छनौट गरी विजेता बनाइएको हो ।

प्रथम हुनेलाई २१ हजार नगद, दोस्रो हुनेलाई ११ हजार नगद र तेस्रो हुनेलाई ५१ सय नगद प्रदान गरिएको छ ।

विजेताहरुलाई इम्तियाज वफा, विप्लब प्रतीक, ई. प्रकाशचन्द्र साह र पुनम झा मैथिलीले संयुक्त रुपले पुरस्कार प्रदान गरेका छन्।

छनोट समितिमा इम्तियाज वफा, विप्लब प्रतीक र विन्दू ठाकुर थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register