गेँदा फूल खेतीमा रमाएका राम पजारत (तस्वीरहरू)

धनुषा । मिथिला बिहारी नगरपालिका-२ पुरनदाहाका किसान रामपजारत साहले करिब ८ कट्ठा जमिनमा व्यावसायिक गेँदा फूल खेती गरेका छन् । करिब ५ बर्ष पहिला भारतको पटनाबाट फूलको बीउ ल्याएर खेती सुरु गरेका साह यसबाट हुने आम्दानीले दङ्ग छन् । गेँदा सयपत्री प्रजातिकै एक फूल हो । यसको वैज्ञानिक नाम Tagetes हो, र यो मुख्यतः Tagetes […]

Feb 8, 2025 - 07:18
 0
गेँदा फूल खेतीमा रमाएका राम पजारत (तस्वीरहरू)

धनुषा । मिथिला बिहारी नगरपालिका-२ पुरनदाहाका किसान रामपजारत साहले करिब ८ कट्ठा जमिनमा व्यावसायिक गेँदा फूल खेती गरेका छन् ।

करिब ५ बर्ष पहिला भारतको पटनाबाट फूलको बीउ ल्याएर खेती सुरु गरेका साह यसबाट हुने आम्दानीले दङ्ग छन् ।

गेँदा सयपत्री प्रजातिकै एक फूल हो । यसको वैज्ञानिक नाम Tagetes हो, र यो मुख्यतः Tagetes erecta (अफ्रिकन म्यारिगोल्ड) र Tagetes patula (फ्रेन्च म्यारिगोल्ड) गरी दुई मुख्य प्रजातिमा पाइन्छ ।

हिन्दु धर्मावलम्बीहरुले यो फूललाई मन्दिरमा चढाउने र माला उनेर लगाउने गर्दछन् । धार्मिक उत्सव तथा समारोहहरुमा यो फूलको बढी प्रयोग हुने गरेको छ ।

उमेरले ६५ वर्ष कटेका साह परम्परागत कृषि खेती भन्दा फूल खेतीबाट राम्रो आम्दानी रहेको बताउँछन् । वार्षिक करिब दुई लाखभन्दा बढीको फूल बेच्दै आएका उनले बजारको भने दु:ख नरहेको बताए ।

साह भन्छन्, “व्यापारी खेतमै फूल किन्न आउँछन् र मूल्य पनि चित्त बुझ्दो नै दिन्छन् ।” उनले उत्पादन गरेको गेँदा फूल काठमाडौं, जनकपुर, विरगञ्ज र पोखरासम्म जाने गरेको उनले सुनाए ।

तस्वीरहरु –

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register