इलाममा कुटपिटबाट एक जनाको मृत्यु

इलाम, २६ माघ । इलाममा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । माघ २४ गतेसम्म साँझ ७ बजेतिर इलाम नगरपालिका–९ मा उनी कुटपिटबाट गम्भीर घाइते भएका थिए । उपचारका लागि झापा लैजानेक्रममा कन्याम पुर्‍याएपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी [...] The post इलाममा कुटपिटबाट एक जनाको मृत्यु appeared first on Jhapa Online.

Feb 8, 2025 - 09:52
 0
इलाममा कुटपिटबाट एक जनाको मृत्यु

इलाम, २६ माघ । इलाममा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माघ २४ गतेसम्म साँझ ७ बजेतिर इलाम नगरपालिका–९ मा उनी कुटपिटबाट गम्भीर घाइते भएका थिए । उपचारका लागि झापा लैजानेक्रममा कन्याम पुर्‍याएपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईका अनुसार घाइते सुनुवारको इलाम अस्पतालमा उपचार भएर सामान्य भएपछि डिस्चार्ज गरिएको थियो । तर, शुक्रबार बिहान उनले बान्ता गरेपछि थप उपचारका लागि झापा लगिँदैथियो ।

काम गरेर फर्किंदैगर्दा आफ्नै साथीले कुटपिट गरेपछि सुनुवार गम्भीर घाइते भएका थिए । कुटपिट गर्ने व्यक्ति फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post इलाममा कुटपिटबाट एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register