लागूऔषधसहित तीन जना पक्राउ

झापा, ८ फागुन । सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ७ गते दिउँसो को २०प ७४४६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका सुनसरीको इटहरी उप महानगरपालिका–४ का २७ वर्षीय सुरजकुमार ठाकुरलाई कोशी गाउँपालिका–१ भन्सार टोल स्थितबाट ८ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित लागू औषध नियन्त्रण व्युरो बिराटनगर [...] The post लागूऔषधसहित तीन जना पक्राउ appeared first on Jhapa Online.

Feb 20, 2025 - 02:54
 0
लागूऔषधसहित तीन जना पक्राउ

झापा, ८ फागुन । सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन ७ गते दिउँसो को २०प ७४४६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका सुनसरीको इटहरी उप महानगरपालिका–४ का २७ वर्षीय सुरजकुमार ठाकुरलाई कोशी गाउँपालिका–१ भन्सार टोल स्थितबाट ८ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित लागू औषध नियन्त्रण व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने धरान उप नगरपालिका ३ का ३१ वर्षीय कमल सहनी २ ग्राम ९ सय मिलिग्राम सहित पक्राउ परेका हुन ।

यसैगरी, फागुन ७ गते राति गोप्य सूचनाको आधारमा प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका ११ स्थितबाट भोक्राहा नरसिंह गाउँपालिका १ का २० वर्षीय इव्रान मन्सुरीलाई १ सय ५० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको थियो । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको छ ।

The post लागूऔषधसहित तीन जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register