सिनामङ्गल नयाँ पुल क्षेत्रबाटपाँच मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं । बागमती सफाइ महाअभियानको ६१३औँ हप्तामा सिनामङ्गलस्थित बागमती नयाँ पुल क्षेत्रको किनारमा सफाइ गरी पाँच मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । काठमाडौं महानगरपालिका–९ को नेतृत्वमा भएको सफाइका क्रममा उठाइएको फोहर काठमाडौं महानगरपालिका वातावरण विभाग टेकुको गाडीले व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सो क्षेत्रको सफाइका लागि वडा कार्यालयको नेतृत्वमा रोटरी […]

Feb 9, 2025 - 00:36
 0
सिनामङ्गल नयाँ पुल क्षेत्रबाटपाँच मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं । बागमती सफाइ महाअभियानको ६१३औँ हप्तामा सिनामङ्गलस्थित बागमती नयाँ पुल क्षेत्रको किनारमा सफाइ गरी पाँच मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ ।

काठमाडौं महानगरपालिका–९ को नेतृत्वमा भएको सफाइका क्रममा उठाइएको फोहर काठमाडौं महानगरपालिका वातावरण विभाग टेकुको गाडीले व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सो क्षेत्रको सफाइका लागि वडा कार्यालयको नेतृत्वमा रोटरी क्लब बानेश्वर र बत्तीसपुतली युवा समाजले समेत पहल गरेका थिए ।

सफाइमा सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि, वडाका जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल नं २० गणस्थित विपद् उद्धार सिनामङ्गल काठमाडौंका सशस्त्र प्रहरी निरीक्षक गोपाल विष्टको कमान्डमा १७ जना, हिमालन गोर्खा सेक्युरिटी प्रालिबाट १५, बत्तीसपुतली युवा समाज एवं बानेश्वर रोटरी क्लबका ४०, वडावासी, समाजसेवीलगायतको सक्रिय सहभागिता रहेको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ‘हप्तामा दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ जारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register