संसद् बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज (सोमबार) पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०८०/८१ पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले […]

Feb 10, 2025 - 02:06
 0
संसद् बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज (सोमबार) पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०८०/८१ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार विधेयक २०८० छलफलका लागि प्रस्तुत गर्नेछन् । साथै उनले सुरक्षित कारोबार विधेयक २०८१ लाई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची छ ।

संसदका दुवै सदनको बैठक आइतबार पनि बसेको थियो । संसदको हिउँदो अधिवेशन यही माघ १८ गतेदेखि सुरु भएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register