मेचीनगरमा बिजुलीको पोल ढलेर एक जनाको मृत्यु

झापा, २८ माघ । रुखको हाँगा काट्दा बिजुलीको पोल ढलेर झापाको मेचीनगरमा एक जनाको मृत्यु भएको छ । मेचीनगर–५ स्थित नकलबन्दा टि–इस्टेटमा २६ वर्षीय सिताराम उराउ र सोही ठाउँ बस्ने २३ वर्षीय सिलास उराउले बगानमा रहेको पिपलको हाँगा काटिरहेका थिए । त्यसक्रममा रुखको हाँगा बिजुलीको पोलमा लागेर करेन्ट नभएको बिजुलीको पोल ढलेको थियो । पोलमा [...] The post मेचीनगरमा बिजुलीको पोल ढलेर एक जनाको मृत्यु appeared first on Jhapa Online.

Feb 10, 2025 - 02:52
 0
मेचीनगरमा बिजुलीको पोल ढलेर एक जनाको मृत्यु

झापा, २८ माघ । रुखको हाँगा काट्दा बिजुलीको पोल ढलेर झापाको मेचीनगरमा एक जनाको मृत्यु भएको छ ।

मेचीनगर–५ स्थित नकलबन्दा टि–इस्टेटमा २६ वर्षीय सिताराम उराउ र सोही ठाउँ बस्ने २३ वर्षीय सिलास उराउले बगानमा रहेको पिपलको हाँगा काटिरहेका थिए । त्यसक्रममा रुखको हाँगा बिजुलीको पोलमा लागेर करेन्ट नभएको बिजुलीको पोल ढलेको थियो ।

पोलमा रहेको तारले सोही ठाउँका ५८ वर्षीय मंगले सार्कीको टाउकोमा चोट लागेको थियो । घाइते सार्कीलार्ई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । सार्कीले उराउलाई पिपलको हाँगा काट्न काममा लगाएका थिए । रुखको हाँगा काट्ने दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

The post मेचीनगरमा बिजुलीको पोल ढलेर एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register