सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध जनकपुरमा मसाल जुलुस

जनकपुरधाम । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकविरुद्ध जनकपुरमा युवाहरूले प्रदर्शन गरेका छन् । मधेस प्रदेश राजधानी जनकपुरको रामानन्द चोकमा आइतबार साँझ मसाल जुलुससहित युवाहरूले प्रदर्शन गरेका हुन् । जुलुसमा सहभागीले सरकारको कदमविरुद्ध नाराबाजी गर्दै विधेयक फिर्ता लिनुपर्ने माग उठाएका छन् । अखिल क्रान्तिकारी राजर्षी जनक विश्वविद्यालय, रारा बहुमुखी […]

Feb 10, 2025 - 02:54
 0
सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध जनकपुरमा मसाल जुलुस

जनकपुरधाम । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकविरुद्ध जनकपुरमा युवाहरूले प्रदर्शन गरेका छन् ।

मधेस प्रदेश राजधानी जनकपुरको रामानन्द चोकमा आइतबार साँझ मसाल जुलुससहित युवाहरूले प्रदर्शन गरेका हुन् । जुलुसमा सहभागीले सरकारको कदमविरुद्ध नाराबाजी गर्दै विधेयक फिर्ता लिनुपर्ने माग उठाएका छन् ।

अखिल क्रान्तिकारी राजर्षी जनक विश्वविद्यालय, रारा बहुमुखी क्याम्पस र धनुषा जिल्ला समितिको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको हो ।

जुलुसमा सहभागीले विधेयकका हरेक बुँदामा सजाय र जरिवानाको व्यवस्था रहेकाले यसले नागरिक स्वतन्त्रताको हनन गर्ने बताए । उनीहरूले सूचना तथा सञ्चारप्रवधिमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नाराबाजी गर्दै विधेयक फिर्ता लिन आग्रह गरेका छन् ।

उनीहरूले यो विधेयकले सामाजिक सञ्जालमा नागरिकहरूको स्वतन्त्रतालाई सीमित गर्ने र सरकारले आफ्ना विरोधीलाई दमन गर्ने हतियारको रूपमा प्रयोग गर्न सक्ने बताएका छन् ।

उनीहरूले यो विधेयक लोकतन्त्र र मानवअधिकारविरोधी रहेको बताउँदै यसको विरोधमा आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् ।

विधेयकको विरोधमा काठमाडौंमा पनि आइतबार दिउँसो अनलाइन टीभी पत्रकार सङ्घले प्रदर्शन गरेको थियो ।

सामाजिक सञ्जाल विधेयकविरुद्ध अनलाइन टीभी पत्रकार आन्दोलनमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register