सेभियामाथि बार्सिलोनाको सानदार जित, उपाधि दौडमा तीन टोलीबीच तीव्र प्रतिस्पर्धा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेभियामाथि बार्सिलोनाले फराकिलो जित हासिल गरेको छ । सोमबार बिहान रोमोन सान्चेज पिजुआनमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली सेभियामाथि ४–१ गोलअन्तरको सानदार जित हासिल गरेको हो । खेलमा पाहुना टोली बार्सिलोनाले सातौं मिनेटमै अग्रता लिएको थियो । रोबर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाएका हुन् । तर सेभिया एक मिनेटमै […]

Feb 10, 2025 - 04:33
 0
सेभियामाथि बार्सिलोनाको सानदार जित, उपाधि दौडमा तीन टोलीबीच तीव्र प्रतिस्पर्धा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेभियामाथि बार्सिलोनाले फराकिलो जित हासिल गरेको छ ।

सोमबार बिहान रोमोन सान्चेज पिजुआनमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली सेभियामाथि ४–१ गोलअन्तरको सानदार जित हासिल गरेको हो ।

खेलमा पाहुना टोली बार्सिलोनाले सातौं मिनेटमै अग्रता लिएको थियो । रोबर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाएका हुन् । तर सेभिया एक मिनेटमै खेलमा फर्कियो । रुबेन भार्गासले आठौं मिनेटमा गोल गरेपछि खेल बराबरीमा आयो ।

तर खेलको ४६औं मिनेटमा बार्सिलोनाले पुनः अग्रता लियो । फर्मिन लोपेजले गोल गर्दै अग्रता दिलाएका हुन् । यसपछि पनि नरोकिएको बार्सिलोनाका लागि खेलको ५५औं मिनेटमा राफिन्हाले गोल गरे । यसपछि अग्रता ३–१ को भयो ।

यसका बीच बार्सिलोनाका गोलकर्ता लोपेजले खेलको ६२औं मिनेटमा रातो कार्ड खाए । यसपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो । तर यसको फाइदा सेभियाले उठाउन सकेन । खेलको ८९औं मिनेटमा इरिक गार्सियाले गोल गर्दै बार्सिलोनालाई ४–१ को सानदार जित दिलाए ।

लिगमा तेस्रो स्थानमा रहेको बार्सिलोनाको जितसँगै उपाधि दौड थप रोमाञ्चक बनेका छ । उपाधि दौडमा तीन टोलीबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । पहिलो स्थानको रियल मड्रिड, दोस्रो स्थानको एट्लेटिको मड्रिड र तेस्रो स्थानको बार्सिलोनाबीच मात्र एक अङ्कको फरक मात्र भएको छ ।

साविक विजेता रियल ५० अङ्क छ । समान खेलबाट एट्लेटिकोको ४९ अंक तथा बार्सिलोनाको ४८ अङ्क छ । यसैले गर्दा उपाधि दौड रोचक बनेको छ ।

चौथो स्थानमा रहेको एथ्लेटिक क्लब बिल्बाओको २३ खेलबाट ४४ अङ्क छ । बार्सिलोनासँग पराजित सेभियाले समान खेलबाट २८ अङ्क छ । उ लिगको १३औं स्थानमा सीमित छ ।

‘मड्रिड डर्बी’ बराबरीमा सकिएपछि रोचक बन्दै ला लिगा उपाधि दौड

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register