कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

काठमाडौं । कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र २ नम्बर वडाका १६ वर्षीय किशोर छन् । बर्दगोरिया-२ की ती १३ वर्षीया किशोरीमाथि गत शनिबार बेलुकी उनीहरुले जबरजस्ती करणी गरेको आरोप छ । मासु पकाएर ल्याउन लगाएर ललाइफकाइ […]

Feb 10, 2025 - 06:54
 0
कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

काठमाडौं । कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र २ नम्बर वडाका १६ वर्षीय किशोर छन् ।

बर्दगोरिया-२ की ती १३ वर्षीया किशोरीमाथि गत शनिबार बेलुकी उनीहरुले जबरजस्ती करणी गरेको आरोप छ ।

मासु पकाएर ल्याउन लगाएर ललाइफकाइ जबरजस्ती करणी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

उनकाअनुसार विकले किशोरीलाई शनिबार बेलुका मासु पकाएर ल्याइदिनू भनेका थिए । पकाएको मासु पुर्‍याउन गएको बेला विक र अर्का किशोरले उनलाई ललाइफकाइ कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

आइतबार पीडित किशोरीकी दिदीले घटनाबारे प्रहरीलाई खबर गरेकी थिइन् । आरोपित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register