दलका प्रमुख सचेतकसँग सभामुख घिमिरेको छलफल

काठमाडौं । प्रतिनिधिसभामा अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरे र प्रमुख सचेतक तथा सचेतकको बैठक बसिरहेको छ । बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने साथै, आगामी बजेटमाथिको छलफलको समय निर्धारण गर्ने र संसद्को कार्यतालिका तय गर्नेलगायतका विषयमा छलफल भइरहेको छ । यसलगत्तै आजै मध्याह्न १२ बजे सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर […]

May 30, 2025 - 06:56
 0
दलका प्रमुख सचेतकसँग सभामुख घिमिरेको छलफल

काठमाडौं । प्रतिनिधिसभामा अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरे र प्रमुख सचेतक तथा सचेतकको बैठक बसिरहेको छ ।

बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने साथै, आगामी बजेटमाथिको छलफलको समय निर्धारण गर्ने र संसद्को कार्यतालिका तय गर्नेलगायतका विषयमा छलफल भइरहेको छ ।

यसलगत्तै आजै मध्याह्न १२ बजे सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी सांसदहरूले लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register