ग्वाटेमालामा बस दुर्घटना परी ५१ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोकको घोषणा

काठमाडौं । ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीको बाहिरी भागमा एउटा यात्रुबाहक बस पुलबाट खसेको छ ।  यो घटनामा ५१ जनाको मृत्यु भएको छ । फायर ब्रिगेड अफिसर एडविन भिल्लाग्रानका अनुसार धेरै सवारी साधन एक आपसमा ठोक्किए पछि बस ३५ मिटर गहिरो नालीमा खसेको थियो । आधा बस नालीमा डुबेको थियो । जसका कारण मानिसहरु बसबाट बाहिर […]

Feb 11, 2025 - 02:41
 0
ग्वाटेमालामा बस दुर्घटना परी ५१ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोकको घोषणा

काठमाडौं ।

ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीको बाहिरी भागमा एउटा यात्रुबाहक बस पुलबाट खसेको छ । 

यो घटनामा ५१ जनाको मृत्यु भएको छ । फायर ब्रिगेड अफिसर एडविन भिल्लाग्रानका अनुसार धेरै सवारी साधन एक आपसमा ठोक्किए पछि बस ३५ मिटर गहिरो नालीमा खसेको थियो ।

आधा बस नालीमा डुबेको थियो । जसका कारण मानिसहरु बसबाट बाहिर निस्कने मौका पाएनन । बस प्रोग्रेसोबाट शहर आउँदै थियो।  यसै क्रममा ग्वाटेमालाका राष्ट्रपतिले यस घटनामा ३ दिनको बिदाको घोषणा गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register