बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काट्ने तयारी, कुलमानलाई रोक्न सुरु भयो उद्योगीहरुको दौडधुप !  

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुमा फेरि लाइन काट्ने तयारी गरेको छ । पटकपटक बक्यौता तिर्न पत्र पठाउँदा र दबाबमूलक कार्यक्रम गर्दा पनि अटेर गर्दै बक्यौता तिर्न नआएका उद्योगहरुमा फेरि लाइन काट्ने तयारी गरिएको हो ।  उद्योगहरुमा लाइन काट्ने सहमतिका लागि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत नियमन आयोगमा पत्र समेत पठाइसकेका छन् […]

Feb 12, 2025 - 03:54
 0
बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काट्ने तयारी, कुलमानलाई रोक्न सुरु भयो उद्योगीहरुको दौडधुप !  

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुमा फेरि लाइन काट्ने तयारी गरेको छ । पटकपटक बक्यौता तिर्न पत्र पठाउँदा र दबाबमूलक कार्यक्रम गर्दा पनि अटेर गर्दै बक्यौता तिर्न नआएका उद्योगहरुमा फेरि लाइन काट्ने तयारी गरिएको हो । 

उद्योगहरुमा लाइन काट्ने सहमतिका लागि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत नियमन आयोगमा पत्र समेत पठाइसकेका छन् । 

प्राधिकरणले यसअघि उद्योगहरुबाट बक्यौता उठाउनका लागि विभिन्न उपाय अपनाइसकेको छ । यसअघि प्राधिकरणले बक्यौता नतिर्ने उद्योगीहरुको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकमा पत्राचार गरेको थियो । 

त्यसप्रश्चात पनि प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको प्राथमिक सेयर (आईपीओ) निष्कासन रोक्न नेपाल धितोपत्र बोर्डमा पत्र पठाएको थियो । यतिसम्म कि प्राधिकरणले उद्योगको बक्यौता नतिरे उद्योगीहरुको घरको लाइन काट्ने तथा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भुक्तानी रोकेर बक्यौता उठाउने चेतावनी दिएको थियो । तर, यति गर्दा पनि उद्योगीहरुले बक्यौता नतिरेपछि प्राधिकरणले फेरि उद्योगको लाइन काट्ने तयारी गरेको हो । 

यता प्राधिकरणले उद्योगहरुमा लाइन काट्ने तयारी गरेसँगै उद्योगीहरुको दौडधुप फेरि बढेको छ । फेरि उद्योगमा लाइन काट्ने तयारीमा रहेका कुलमानलाई रोक्न उनीहरु शक्तिकेन्द्र धाउन थालेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register