सासुकाे हत्या गरेको अभियोगमा बुहारी पक्राउ

धनुषा । जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्री देबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी बादविवादको क्रममा उनीहरूबीच झै-झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा कुमारीलाई पक्राउ […]

Feb 12, 2025 - 07:30
 0
सासुकाे हत्या गरेको अभियोगमा बुहारी पक्राउ

धनुषा ।

जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्री देबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बादविवादको क्रममा उनीहरूबीच झै-झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा कुमारीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register