पिकनिक गएर फर्केको स्कुल बस शङ्खरापुरमा दुर्घटना

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा स्कुल बस दुर्घटना भएको छ । बा २ ख ७९५८ नम्बरको  विद्यार्थी बोकेको बस शंकरापुरस्थित कात्तिकेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ  । सो दुर्घटनामा परेर दुई जना विद्यार्थीको मृत्यु भएको र ४० जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए । बस  चाबहिलस्थित  सत्यसाई (एसएस) एकेडेमीका […]

Feb 12, 2025 - 13:15
 0
पिकनिक गएर फर्केको स्कुल बस शङ्खरापुरमा दुर्घटना

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा स्कुल बस दुर्घटना भएको छ ।

बा २ ख ७९५८ नम्बरको  विद्यार्थी बोकेको बस शंकरापुरस्थित कात्तिकेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ  ।

सो दुर्घटनामा परेर दुई जना विद्यार्थीको मृत्यु भएको र ४० जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए ।

बस  चाबहिलस्थित  सत्यसाई (एसएस) एकेडेमीका विद्यार्थी बोकेर नगरकोट पिकनिकबाट फर्कनेक्रममा दुर्घटना भएको थियो ।

अहिले उद्धार गर्दै घाइतेहरुलाई अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register