पाकिस्तान, भारत र अस्ट्रेलियाका यी खेलाडीले गुमाउनेछन् आईसीसी च्याम्पियन्स ट्रफी

आठ वर्षको अन्तरालमा १९ फेब्रुअरीबाट पाकिस्तानमा हुने आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको नवौं संस्करणमा शीर्ष आठ टोली भीड्ने भएका छन् । दुई समूहमा विभाजित आठ टोलीमा साविक विजेता पाकिस्तान, भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड,  दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान रहेका छन् । समूह ‘ए’ मा  साविक विजेता पाकिस्तानसँगै भारत, न्युजिल्याण्ड र बंगलादेश छन् । समूह ‘बी’ मा […]

Feb 13, 2025 - 13:54
 0
पाकिस्तान, भारत र अस्ट्रेलियाका यी खेलाडीले गुमाउनेछन् आईसीसी च्याम्पियन्स ट्रफी

आठ वर्षको अन्तरालमा १९ फेब्रुअरीबाट पाकिस्तानमा हुने आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको नवौं संस्करणमा शीर्ष आठ टोली भीड्ने भएका छन् । दुई समूहमा विभाजित आठ टोलीमा साविक विजेता पाकिस्तान, भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड,  दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

समूह ‘ए’ मा  साविक विजेता पाकिस्तानसँगै भारत, न्युजिल्याण्ड र बंगलादेश छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान छन् । हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

यस संस्करणमा पाकिस्तान, भारत र अस्ट्रेलियाका केही खेलाडीले भने खेल गुमाउने भएका छन् । आयोजक तथा डिफेन्डिङ च्याम्पियन्स पाकिस्तानको नेतृत्व मोहम्मद रिजवानले गर्नेछन् । ओपनर सइब मयूब घाइते हुँदा उनले भने खेल गुमाउने छन् ।

एक दिवसीय विश्व च्याम्पियन्स अस्ट्रेलियाले पनि कप्तान प्याट क्युमिन्स, जोस हेजलवुड मिचेल स्टार्कलाई सहभागी गराउने छैन । अस्ट्रेलियाको नेतृत्व स्टिभ स्मिथले गर्नेछन् ।

टी ट्वान्टी विश्व च्याम्पियन्स भारतले रोहित शर्माको नेतृत्वमा अनुभवी टोली घोषणा गरेको छ । चोटका कारण भारतले प्रमुख बलर जस्प्रित बुमरालाई मैदानमा पठाउने छैन ।

सहभागी सबै राष्ट्रले १५ सदस्यीय टोली घोषणा गरेका छन् ।

यस्ता छन् आठवटै टिम र खेलाडी

अफगानिस्तानले हश्मतुल्लाह शहीदीको नेतृत्वमा रहमत शाह, रहमनुल्लाह गुरबाज, इक्रम अलिखिल, इब्राहिम जदरान, शिद्धिकुल्लाह अतल, अज्मतुल्लाह ओमारजाइ मैदानमा उतार्ने छ ।

यस्तै उक्त टोलीमा मोहम्मद नबी, गुल्बादिन नैब, रसिद खान, नूर अहम्मद, फजल हक फारूकी, नाभीद जादरान, फरिद अहम्मद मलिक, नागेयला खरोते समावेश छन् ।

अस्ट्रेलियाले स्टिभ स्मिथको कप्तानीमा एलेक्स केरी, नथान इलिस, अरोन, हर्डी, ट्र्याभिस हेड, जोस इंग्लिस, मर्नस लाबुसेनलाई उतार्ने भएको छ । उक्त टोलीमा ग्लेन म्याक्सवेल, म्याट सर्ट, एमम जाम्पा, जेक फ्रेसर, सेन अबट, बेन ड्वार्सिस, स्पेन्सर जोनसोन तन्भिर सांगा समावेश छन् ।

बंगलादेश नजमुल होसेनको नेतृत्वमा मैदानमा उत्रिँदैछ । मुस्फिक्कर रहिम, तोहिद रिदोय, सौम्य सरकार, तन्जिद हसन, जकिर अलि, मेहेदी हसन मिराज, रिसद होसेन टोलीमा समावेश छन् । उक्त टोलीमा तस्किन अहम्मद मुस्ताफिजुर रहमन, पर्वेज होसेन, नासुम अहमद, तान्जिम हसन र नाहिद राना पनि छन् ।

इङ्गल्याण्डले जोस बटलरको कप्तानीमा ह्यारी ब्रुक, बेन डुकेट, जो रूट, फिल सल्ट, जेमी स्मिथ, ज्याकोब बेथेल, ब्राइडन कार्सलाइ मैदानमा उतार्नेछ । उक्त टोलीमा लियम लिभिङस्टोन, जेमी ओभरटन, जोफ्रा आर्कर, गस एटकिन्सन, शकिब महम्मुद, अदिल रसिद, मार्कवूड अटाएका छन् ।

रोहित शर्माको कप्तानीमा भारतले शुभनम गिल, विराट कोली, श्रेयास ऐयर, के एल राहूल, हार्दिक पाण्डेय, अक्सर पटेल, वासिंटन सुन्दरलाइ मैदानमा पठाउनेछ । उक्त टोलीमा कुलदीप यादव मोहम्मद सामी, अर्सदीप सिंह, हर्सित राना, रिसब पन्त, रविन्द्र जडेजा, बरूण चक्रवर्ती अटाएका छन् । टोलीमा जस्प्रित बुमराको नाम रहेपनि चोटका कारण उनले खेल गुमाउनेछन् ।

न्यूजिल्याण्डले मिचल स्याटनरको नेतृत्वमा माइकल ब्रेसवेल, मार्क चापम्यान, डेभोन कोनवे, लकइ फेर्गुसन, म्याट हेनरीलाई खेलाउनेछ । उक्त टोलीमा टोम ल्याथम, डेरिल मिचेल, वील वु रूक, ग्लेन फिलिप्स, रचिन रविन्द्र, बेन सियर्स, नाथन स्मिथ, केन विलियमसन, वील योङपनि अटाएका छन् ।

आयोजक तथा डिफेन्डिङ च्याम्पियन्स पाकिस्तानले मोहम्मद रिजवानको नेतृत्वमा सलमान अली अगाह, बाबर आजम, फकहर जामन, कमनरान गुलाम, सउद शहकील, तयब, फहीम असरफलाइ उतार्दैछ । उक्त टोलीमा खुशदील शाह, उसमान खान, अब्रर अहम्मद, हरिस रौफ, मोहम्मद हस्नैन, नासीम शाह, शहीन शाह अफ्रिदी पनि अटाएका छन् ।

साउथ अफ्रिकाले तेम्बा बाभुमा, टोनी दे जोर्जी, मार्को जेनसन, हेनरीच क्लासेन, केशव महाराज, अैदन मरक्रम, डेभिड मिलरलाइ मैदानमा उतार्नेछ । उक्त टोलीमा वायन मल्डर, लन्जी निडी, कगिसो, राबदा, रायन रिकेल्टन, ताब्रिज शाम्सी, ट्रिस्टान स्टब्बस, रसी भान डुसेनपनि अटाएका छन् ।

यसअघि सन् २०१७ को च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो भने सन् २०१३ मा भारतले र सन् २००९ मा अस्ट्रेलियाले ट्रफी हात पारेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register