समाजवादी पार्टी (नयाँ शक्ति) को निर्वाचित कार्यसमितिले लियो शपथ

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को निर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिएको छ । बिहीबार काठमाडौँमा निर्वाचित कार्यसमितिले सपथ लिएको हो । अध्यक्षमा निर्वाचित डा.बाबुराम भट्टराईलाई निर्वाचन समिति संयोजकले शपथ गराए भने अन्य पदाधिकारी र कार्यसमिति सदस्यलाई अध्यक्ष भट्टराईले शपथ गराएका हुन् । बिहीबार सम्पन्न मतपरिणामको अन्तिम नतिजा अनुसार प्रतिद्वन्द्वी नेत्र चापागाईँलाई […]

Feb 13, 2025 - 14:33
 0
समाजवादी पार्टी (नयाँ शक्ति) को निर्वाचित कार्यसमितिले लियो शपथ

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को निर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिएको छ । बिहीबार काठमाडौँमा निर्वाचित कार्यसमितिले सपथ लिएको हो ।

अध्यक्षमा निर्वाचित डा.बाबुराम भट्टराईलाई निर्वाचन समिति संयोजकले शपथ गराए भने अन्य पदाधिकारी र कार्यसमिति सदस्यलाई अध्यक्ष भट्टराईले शपथ गराएका हुन् ।

बिहीबार सम्पन्न मतपरिणामको अन्तिम नतिजा अनुसार प्रतिद्वन्द्वी नेत्र चापागाईँलाई पराजित गर्दै अध्यक्षमा भट्टराई निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ ।

उपाध्यक्षमा खसआर्यतर्फ ईश्वर रिजाल, आदिवासीतर्फ टेकबहादुर बाठामगर विजयी भए । यस्तै महासचिव खुल्लामा सोनामसिंह स्याङ्तान विजयी भएका छन् ।

महाधिवेशनले भट्टराईले प्रस्तुत गरेको सांगठानिक तथा राजनीतिक प्रतिवेदन पारित गर्नुका साथै प्रवक्ता कृष्ण शर्माले पेस गरेको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register