गुठी संस्थानको निर्णयविरुद्ध आन्दोलनरत मोही किसान सडकमै सुते (तस्वीरहरू)

काठमाडौं । स्वर्णद्वारी गुठीका १६ हजारभन्दा बढी मोही किसानले आफ्नो जोतभोग गरेको १९ हजार ४१० रोपनी जमिनमाथिको अधिकारका लागि भन्दै माघ २० गतेदेखि माइतीघरमा प्रदर्शन गरिरहेका छन् । पशुपति धर्मशालामा बसेका उनीहरू त्यहाँबाट र्‍यालीसहित बिहानै प्रदर्शनका लागि माइतीघर आउने गरेका छन् । आज (शुक्रबार) पनि माइतीघर आउने क्रममा प्रदर्शनकारीहरूले माइतीघर–नयाँ बानेश्वर सडकखण्डमा सुतेर विरोध प्रदर्शन […]

Feb 14, 2025 - 07:15
 0
गुठी संस्थानको निर्णयविरुद्ध आन्दोलनरत मोही किसान सडकमै सुते (तस्वीरहरू)

काठमाडौं । स्वर्णद्वारी गुठीका १६ हजारभन्दा बढी मोही किसानले आफ्नो जोतभोग गरेको १९ हजार ४१० रोपनी जमिनमाथिको अधिकारका लागि भन्दै माघ २० गतेदेखि माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।

पशुपति धर्मशालामा बसेका उनीहरू त्यहाँबाट र्‍यालीसहित बिहानै प्रदर्शनका लागि माइतीघर आउने गरेका छन् ।

आज (शुक्रबार) पनि माइतीघर आउने क्रममा प्रदर्शनकारीहरूले माइतीघर–नयाँ बानेश्वर सडकखण्डमा सुतेर विरोध प्रदर्शन गरे । उनीहरू त्यहाँ करिब १० मिनेट सुतेका थिए ।

२०७५ सालदेखि सङ्घर्षरत उनीहरू आफ्नो मोहियानी भएको जमिन गुठी संस्थानले सरकारीकरण गर्न खोजेको भन्दै फेरि विरोधमा उत्रिएका हुन् ।

मोही किसानले २०७९ सालदेखि काठमाडौंकेन्द्रित आन्दोलन जारी राख्दै आएका छन् । उनीहरूले आफूले जोतभोग गर्दै आएको जमिन आफ्नो नाममा दर्ता हुनुपर्ने माग गर्दै आएका हुन् ।

तस्वीरहरू :

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register