एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर

काठमाडौं :  एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ । भ्यालेन्टाइन्स डे अर्थात, प्रणय दिवशको अवसरमा ल्याएको यो विशेष योजनामा ग्राहकहरूले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त गर्नेछन् । साथै, २५ जना ग्राहकहरूले न्यूम्यूको सनग्लास जित्ने मौका पाउने एनसेलले जनाएको छ । यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध विशेष अफर हो […]

Feb 14, 2025 - 09:24
 0
एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर

काठमाडौं :  एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ । भ्यालेन्टाइन्स डे अर्थात, प्रणय दिवशको अवसरमा ल्याएको यो विशेष योजनामा ग्राहकहरूले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त गर्नेछन् । साथै, २५ जना ग्राहकहरूले न्यूम्यूको सनग्लास जित्ने मौका पाउने एनसेलले जनाएको छ ।

यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध विशेष अफर हो । यस नयाँ अफरअन्तर्गत, भ्यालेन्टाइन डेका दिन एनसेल एपमा फ्ल्यास सेलमा रहेका डेटा प्याकहरू खरिद गर्ने प्रत्येक ग्राहकले प्याकअनुसार १ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा र ५० मिनेट अन–नेट टक टाइम प्राप्त गर्नेछन् । साथै, फ्ल्यास सेल प्याक खरिद गर्ने सबै ग्राहकहरूले मार्च ८ सम्म न्यूम्यू उत्पादनहरूमा २० प्रतिशत छुट पाउनेछन् ।

अफरको फाइदा लिन ग्राहकहरूले आफ्नो मोबाइलमा एनसेल एप राखेको हुनुपर्नेछ ।

अफरको दिन, अर्थात् फेब्रुअरी १४ मा ग्राहकहरूले एनसेल एपको फ्ल्यास सेलमा गई त्यहाँ रहेका आठ प्याकहरू मध्ये आफ्नो डेटा आवश्यकताअनुसार कुनै पनि प्याक खरिद गर्न सक्छन् । सुचीमा १ दिन समयावधि रहेको रु. ५० को अनलिमिटेड डेटा देखि ३० दिन समयसीमा रहेको रु. १,४९९ सम्मको प्याकहरु रहेका छन् ।

उदाहरणका लागि, १ दिनको अनलिमिटेड डेटा प्याकमा ग्राहकहरूले बोनस रूपमा ५० मिनेट अन–नेट टक टाइम प्राप्त गर्न सक्छन्, भने रु. १५० को ७ जीबी पाइने डबल मज्जा प्याकमा थप २ जीबी बोनस डेटा पाइन्छ । त्यस्तै, रु. ५९९ पर्ने २८ दिनको समयवधि भएको ४२ जीबीको होम एन्ड अवे प्याकमा ग्राहकहरूले थप ५ जीबी बोनस पाउँछन् ।

यो फ्ल्यास सेलअन्तर्गत, ५९९ देखि १४९९ सम्मका सधैं अन प्याकमा ग्राहकहरूले ५ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा प्राप्त गर्न सक्छन् ।

भ्यालेन्टाइन डे फ्ल्यास सेल अफरले ग्राहकहरूलाई अझ सुलभ शुल्कमा डेटा कनेक्टिभिटीको फाइदा दिने र आफूले माया गर्ने व्यक्तिका साथै आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहीरहन महत्वपूर्ण भुमिका खेल्ने विश्वास एनसेलले लिएको छ । यो भ्यालेन्टाइन डे विशेष अफरका अतिरिक्त, ग्राहकहरूले प्रत्येक शनिबार एनसेल एपको फ्ल्यास सेल सेक्सनमा गएर त्यहाँ उपलब्ध हुने प्याकहरू लिई र बोनस डेटा तथा टक टाइमको फाइदा लिन सक्छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register