कार्यसम्पादनमा काठमाडौं महानगर जिल्लामै सबैभन्दा कमजोर, तारकेश्वर पहिलो

काठमाडौं । कार्यसम्पादन मूल्याङ्कनमा काठमाडौं महानगरपालिका जिल्लामै सबैभन्दा कमजोर देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरपालिकाले जिल्लाका १० नगरमध्ये सबैभन्दा कम अङ्क पाएको हो । आयोगकाअनुसार १७ वटा विभिन्न सूचकका आधारमा आयोगले गरेको मूल्याङ्कनमा काठमाडौं महानगरले १०० मध्ये जम्मा ५४.३ अङ्क पाएको छ । काठमाडौंका सबै स्थानीय तहमध्ये तारकेश्वर […]

Feb 14, 2025 - 11:30
 0
कार्यसम्पादनमा काठमाडौं महानगर जिल्लामै सबैभन्दा कमजोर, तारकेश्वर पहिलो

काठमाडौं । कार्यसम्पादन मूल्याङ्कनमा काठमाडौं महानगरपालिका जिल्लामै सबैभन्दा कमजोर देखिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरपालिकाले जिल्लाका १० नगरमध्ये सबैभन्दा कम अङ्क पाएको हो ।

आयोगकाअनुसार १७ वटा विभिन्न सूचकका आधारमा आयोगले गरेको मूल्याङ्कनमा काठमाडौं महानगरले १०० मध्ये जम्मा ५४.३ अङ्क पाएको छ ।

काठमाडौंका सबै स्थानीय तहमध्ये तारकेश्वर नगरपालिका ७१.३ अङ्कसहित पहिलो स्थानमा छ । त्यसपछि नागार्जुन नगरपालिकाले ७०.६ अङ्क पाएको छ ।

यस्तै शंखरापुर नगरले ६८.१, चन्द्रागिरीले ६७.१, गोकर्णेश्वर नगरपालिकाले ६४.४, कीर्तिपुर नगरपालिकाले ६३.४, कागेश्वरी मनोहराले ६२.८, बूढानीलकण्ठले ६०.८, टोखाले ५८.६ र दक्षिणकाली नगरपालिकाले ५४.७ अङ्क पाएका छन् ।

आयोगले प्रत्येक वर्ष स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन सार्वजनि गर्ने गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register