मःमः पसलमा ग्याँस विस्फोट हुँदा मृत्यु हुने तीन जना पुगे, ८ जना अझै गम्भीर 

काठमाडौँ ।  कमलपोखरीस्थित सानदार मःमः पसलमा ग्यास सिलिन्डर विस्फोटमा मृत्यु हुने तीनजना पुगेका छन् । शुक्रबार घाइते थप एकजनाको मृत्यु भएको अभियन्ता उज्ज्वलविक्रम थापाले जानकारी दिएका छन् । अझै आठजनाको स्वास्थ्य अवस्था जटिल रहेको उनको भनाइ छ । गत माघ २४ गते ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए । जसमध्ये ११ जनालाई अस्पताल […]

Feb 14, 2025 - 11:50
 0
 मःमः पसलमा ग्याँस विस्फोट हुँदा मृत्यु हुने तीन जना पुगे, ८ जना अझै गम्भीर 

काठमाडौँ । 

कमलपोखरीस्थित सानदार मःमः पसलमा ग्यास सिलिन्डर विस्फोटमा मृत्यु हुने तीनजना पुगेका छन् । शुक्रबार घाइते थप एकजनाको मृत्यु भएको अभियन्ता उज्ज्वलविक्रम थापाले जानकारी दिएका छन् । अझै आठजनाको स्वास्थ्य अवस्था जटिल रहेको उनको भनाइ छ ।

गत माघ २४ गते ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए । जसमध्ये ११ जनालाई अस्पताल लगिएको र तीनजना सामान्य घाइते भएका थिए । दुईजनाको यसअघि नै मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विस्फोट हुँदा घाइते सबैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरु मःमः पसलकै कामदार हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register