अध्यादेश सबै राजनीतिक दलको सहमतिमा पारित हुने एमाले महासचिव पोखरेलको दाबी

बिराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जारी गरेको अध्यादेश सबै राजनीतिक दलको सहमतिमा पारित हुने दाबी गरेका छन् । शनिबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै महासिचव पोखरेलले सबै राजनैतिक दलहरूले घोषणापत्रमा समावेश गरेको आर्थिक लगाएतका क्षेत्रको सुधार गर्न अध्यादेश ल्याइएको भन्दै सबै राजनीतिक दलको सहमतिमा नै अध्यादेश पारित हुने बताए । महासचिव पोखरेलले सरकारले […]

Feb 15, 2025 - 08:45
 0
अध्यादेश सबै राजनीतिक दलको सहमतिमा पारित हुने एमाले महासचिव पोखरेलको दाबी

बिराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जारी गरेको अध्यादेश सबै राजनीतिक दलको सहमतिमा पारित हुने दाबी गरेका छन् ।

शनिबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै महासिचव पोखरेलले सबै राजनैतिक दलहरूले घोषणापत्रमा समावेश गरेको आर्थिक लगाएतका क्षेत्रको सुधार गर्न अध्यादेश ल्याइएको भन्दै सबै राजनीतिक दलको सहमतिमा नै अध्यादेश पारित हुने बताए ।

महासचिव पोखरेलले सरकारले आवश्यकताका आधारमा ल्याएको अध्यादेशमा सबै राजनैतिक दलको सहमति हुने भन्दै अध्यादेशबिरुद्ध रहेका असहमतिका बिषयहरुलाई छलफल गरेर अघि बढ्ने बताए ।

त्यस्तै महासचिव पोखरेलले सबै राजनैतिक दलहरूको सहमतिमा नै संविधान संसोधन गरिने समेत बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register