मैत्रीपुर्ण फुटबलमा चीनद्वारा नेपाल २-0 ले पराजित
काठमाडौं । चीनविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा २० औं मिनेटमा यु मेन्घुइ र ७७ औं मिनेटमा वान्ह बिन्हान् ले एक एक गोल गरे । चीनका लागि मेंघुई युले गोल गरे । खेलको २० औं मिनेटमा गोल गर्दै उनले चीनलाई अग्रता दिलाएका थिए । दूतावासले दोस्रो पटक मैत्रीपूर्ण खेल […]

काठमाडौं । चीनविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ ।
शनिबार भएको खेलमा २० औं मिनेटमा यु मेन्घुइ र ७७ औं मिनेटमा वान्ह बिन्हान् ले एक एक गोल गरे ।
चीनका लागि मेंघुई युले गोल गरे । खेलको २० औं मिनेटमा गोल गर्दै उनले चीनलाई अग्रता दिलाएका थिए ।
दूतावासले दोस्रो पटक मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो । गत वर्ष नेपालको युवा टोलीले चीनको टोलीलाई हराएको थियो ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको थियो ।
बिजेता र उपबिजेता टोलीलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र राखेपका उपाध्यक्ष ध्रुब आचार्यले पुरस्कार वितरण गरेका छन्।
What's Your Reaction?






