बीमा प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस, भागबण्डाको अन्तिम सहमति हुँदै !

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ ।  राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिले शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको हो ।  समितिले सर्टलिस्टमा परेका ५ जनाको अन्तर्वार्ता र प्रस्तुतिकरणपछि अन्तिम ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो […]

Feb 24, 2025 - 07:52
 0
बीमा प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस, भागबण्डाको अन्तिम सहमति हुँदै !

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ । 

राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिले शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको हो । 

समितिले सर्टलिस्टमा परेका ५ जनाको अन्तर्वार्ता र प्रस्तुतिकरणपछि अन्तिम ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । सिफारिसमा परेका ३ जनामध्ये एकजनालाई मन्त्रिपरिषद्ले बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्नेछ । 

सम्भवतः आजै बस्ने मन्त्रिपरिषद्को बैठकले अध्यक्ष नियुक्त गर्ने स्रोतको दाबी छ । वरियतामा हिसाबले सिफारिसको पहिलो नम्बरमा परेका ओझा अध्यक्ष बन्ने सम्भावना प्रबल रहेको चर्चा राजनीतिक वृत्तमा छ । उनी पूर्व पत्रकारसँगै कानून व्यवसायी समेत हुन् । 

यता वरियतामा दोस्रो नम्बरमा परेका कृषि विकास बैंकका अध्यक्ष पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् भने बसौला स्वास्थ्य बीमा बोर्डका पूर्व अध्यक्ष हुन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register