वर्षमान पुनलाई प्रधानमन्त्री ओलीको जवाफ : असारमा धान नरोपेपछि मंसिरमा फल्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद वर्षमान पुनलाई खस्कँदो अर्थतन्त्रमा पूर्ववर्ती सरकारले समेत जिम्मा लिनुपर्ने बताएका छन् । संसदको प्रश्नोत्तर समयमा सांसद पुनको प्रश्नमा जवाफ दिँदै उनले अर्थतन्त्र खस्किनुमा आफ्नो सरकार मात्र दोषी नरहेको बताएका हुन् । ‘सात महिनाअघि तपाइँ नै अर्थममन्त्री हुनुहुन्थ्यो । त्यसअघि र अहिलेको मुल्यवृद्धि अनुपात हेर्न […]

Feb 16, 2025 - 09:33
 0
वर्षमान पुनलाई प्रधानमन्त्री ओलीको जवाफ : असारमा धान नरोपेपछि मंसिरमा फल्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद वर्षमान पुनलाई खस्कँदो अर्थतन्त्रमा पूर्ववर्ती सरकारले समेत जिम्मा लिनुपर्ने बताएका छन् । संसदको प्रश्नोत्तर समयमा सांसद पुनको प्रश्नमा जवाफ दिँदै उनले अर्थतन्त्र खस्किनुमा आफ्नो सरकार मात्र दोषी नरहेको बताएका हुन् ।

‘सात महिनाअघि तपाइँ नै अर्थममन्त्री हुनुहुन्थ्यो । त्यसअघि र अहिलेको मुल्यवृद्धि अनुपात हेर्न अनुरोध गर्दछु । आँकडामा प्रश्नोत्तर गर्ने र तुलना गर्ने बानी बसाल्नुपर्छ,’ प्रधानमन्त्रीले भने ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद पुनले अर्थतन्त्रको सुस्ततालाई कसरी गति दिनुहुन्छ भन्दै गरेको प्रश्नमा उनले अर्थतन्त्रको सुस्तता एकैपटक नआएको बताए । ‘अर्थतन्त्रको सुस्तता एकैपटक आएको होइन यो एकैपटक हट्दैन । असारमा धान नरोपेपछिनै हो मंसिरमा धान नफल्ने,’ उनले भने ।

सरकारले अर्थतन्त्रलाई गतिशील बनाउन कानुनी जटिलता हटाउँदै  अघि बढिरहेको उनले बताए ।

पुँजीगत खर्च नभएकोबारे पुनले प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘चालू आर्थिक वर्षको ६ महिनाको अवधिलाई हेर्ने हो भने पुँजीगत खर्चमा १५ प्रतिशतले वृद्धि भएको छ । माननीय पूर्वअर्थमन्त्री ज्यूको तुलनामा अलि बढी नै छ ।’

सांसद पुनले विश्वविद्यालय तथा संस्थानमा पूर्ववर्ती सरकारले लागू गरेको मेरिटोक्रेसीप्रति वर्तमान सरकारले ध्यान नदिएको भनेर समेत प्रश्न गरेका थिए । संस्थानहरूका व्यवसायिक दक्षताका आधारमा काम गर्न नसक्ने गुनासो बढेको भन्दै यसको सुधारका सवालमा उनको प्रश्न  थियो ।

त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मेरोटिक्रेसीको सवालमा पुर्वर्ती सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा गरेको नियुक्ति स्मरण गर्न सुझाए । ‘विश्विद्यालयमा मेरिटोक्रेसी भाषाको राम्रो कपडा लगाएजस्तो होइन । विश्वविद्यालयको उपकुलपति छनौटको सन्दर्भमा पहिलो हुनेलाई नदिएर दोस्रोलाई उपकुलपति बनाइयो । फस्ट इन्, सेकण्ड आउट । विभिन्न बाजा बजाउँदै मेरिटोक्रेसी मेरिटोक्रेसी भनियो । यही थियो त मेरिटोक्रेसी ? कम्तिमा यो सरकारले यस्तो मेरिटोक्रेसी हुनदिने छैन,’ उनले भने ।

२०८० फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सकारले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान गरिएको थियो । ४२ जनाले दरखास्त दिएकामा अन्तिम ३ जना छनौट गरिएको थियो । अन्तिम तीनमा पर्नेमा चित्रबहादुर  बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमला परेका थिए । ती मध्ये दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाइएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register