सत्ता गठबन्धनमा उच्च विश्वास र समझदारी रहेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेका दलहरूबीच उच्च विश्वास र समझदारी रहेको भन्दै कुनै शंका गर्न जरुरी नभएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको प्रश्नत्तोरमा बोल्दै उनले विकास, समृद्धि र स्थिरताका लागि प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेका दुई ठूला राजनीतिक दलहरूसँगै अन्य दलहरू मिलेर वर्तमान सरकारको गठन गरिएको बताए । ‘गठबन्धनमा […]

Feb 16, 2025 - 09:39
 0
सत्ता गठबन्धनमा उच्च विश्वास र समझदारी रहेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेका दलहरूबीच उच्च विश्वास र समझदारी रहेको भन्दै कुनै शंका गर्न जरुरी नभएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको प्रश्नत्तोरमा बोल्दै उनले विकास, समृद्धि र स्थिरताका लागि प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेका दुई ठूला राजनीतिक दलहरूसँगै अन्य दलहरू मिलेर वर्तमान सरकारको गठन गरिएको बताए ।

‘गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीबीच उच्च विश्वास र समझदारी रहेको छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register