इटहरी गोल्डकप : बुढासुब्बा गोल्डकप विजेता एनआरटी क्वाटरफाइनलमै पराजित

इटहरी । इटहरीमा जारी १५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा सगरमाथा यूथ क्लब मोरङले न्यूरोड टिम काठमाडौं (एनआरटी)लाई पराजित गरेको छ । आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा २५ औँ बुढासुब्बा गोल्डकपको विजेता समेत रहेको एनआरटीलाई सगरमाथाले १-० को गोल अन्तरले पराजित गरेको हो । खेल सुरु भएको ६ मिनेटमै एनआरटी विरुद्ध सगरमाथाका विदेशी […]

Feb 16, 2025 - 15:24
 0
इटहरी गोल्डकप : बुढासुब्बा गोल्डकप विजेता एनआरटी  क्वाटरफाइनलमै पराजित

इटहरी । इटहरीमा जारी १५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा सगरमाथा यूथ क्लब मोरङले न्यूरोड टिम काठमाडौं (एनआरटी)लाई पराजित गरेको छ । आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा २५ औँ बुढासुब्बा गोल्डकपको विजेता समेत रहेको एनआरटीलाई सगरमाथाले १-० को गोल अन्तरले पराजित गरेको हो ।

खेल सुरु भएको ६ मिनेटमै एनआरटी विरुद्ध सगरमाथाका विदेशी खेलाडी रिचार्डले गोल गरेका थिए । पहिलो हाफमा १–० ले अग्रता लिएको सगरमाथाले हाफपछि पनि गोल गर्ने पटक पटक अवसर प्राप्त गरे पनि गोल भने गर्न सकेन । खेलको अन्त्यमा आइपुग्दा रिचार्डले गरेको गोल नै बुढासुब्बा गोल्डकपको विजेता एनआरटी विरुद्ध पर्याप्त बन्यो ।

विजय गोल गर्ने सगरमाथाका रिचार्डनै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । १२ औँ र १३ औँ संस्करणको इटहरी गोल्डकपको विजेतासमेत रहेको सगरमाथाले मङ्गलबार हुने क्वाटर फाइनलको विजेता टिमसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

सोमबार मच्छिन्द्र फुटबल क्लब काठमाडौं र झापा ११ बिच प्रतिस्पर्धा हुनेछ । इटहरीको राष्ट्रिय जागृति क्लब (राजा)ले आयोजना गरेको गोल्डकपमा विजेताले नगद १० लाख रुपैयाँ  र उपविजेताले पाँच लाख नगद पुरस्कार पाउने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register