भारतमा नेपाली विद्यार्थीको मृत्यु घटनामा प्रधानमन्त्रीले भने – कूटनीतिक तवरले बुझ्दै छौँ
काठमाडौं । भारतको ओडिसास्थित नेपाली विद्यार्थिको मृत्यु भएको विषयमा नेपाल सरकारले कूटनीतिक सम्पर्क गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै नेपाल सरकारले यस विषयमा कूटनीतिक तवरमा बुझिरहेको बताएका छन् । उनले लेखेका छन्, “भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली […]

काठमाडौं । भारतको ओडिसास्थित नेपाली विद्यार्थिको मृत्यु भएको विषयमा नेपाल सरकारले कूटनीतिक सम्पर्क गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै नेपाल सरकारले यस विषयमा कूटनीतिक तवरमा बुझिरहेको बताएका छन् ।
उनले लेखेका छन्, “भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।”
भारतको केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा मृत फेला
What's Your Reaction?






