‘घाटा हुने लगभग निश्चित’ सानिमाको ‘सानिमा फ्लेक्सी फण्ड’ सार्वजनिक
काठमाडौँ । सानिमा बैंकले ‘सानिमा फ्लेक्सी फण्ड’ सार्वजनिक गरेको छ । सानिमा क्यापिटलद्वारा व्यवस्थापन गरिने उक्त खुलामुखी सामूहिक लगानी कोषको सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डले समेत स्वीकृति प्रदान गरिसकेको छ । उक्त योजनाको पहिलो चरणमा स्वीकृत कोष आकार १ अर्ब रुपैयाँ रहेको छ । योजना अन्तर्गत कुल १० करोड इकाईमध्ये ४ करोड इकाई सर्वसाधारणका लागि […]

काठमाडौँ । सानिमा बैंकले ‘सानिमा फ्लेक्सी फण्ड’ सार्वजनिक गरेको छ । सानिमा क्यापिटलद्वारा व्यवस्थापन गरिने उक्त खुलामुखी सामूहिक लगानी कोषको सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डले समेत स्वीकृति प्रदान गरिसकेको छ ।
उक्त योजनाको पहिलो चरणमा स्वीकृत कोष आकार १ अर्ब रुपैयाँ रहेको छ ।
योजना अन्तर्गत कुल १० करोड इकाईमध्ये ४ करोड इकाई सर्वसाधारणका लागि पहिलो चरणमा सार्वजनिक बिक्री खुला गरिनेछ । योजनाको कुल आकारको १३ प्रतिशत कोष प्रवद्र्धक सानिमा बैंक लिमिटेड र २ प्रतिशत अर्थात २० लाक इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि र बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।
उक्त योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले सानिमा क्यापिटल लिमिटेडको कार्यालय, तोकिएका वितरकहरु वा अनलाइनमार्फत इकाई खरिदका लागि आवेदन दिन सकिनेछ । साथै व्यवस्थित लगानी योजना मार्फत पनि लगानीको अवसर उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीले बडो तामझामका साथ सार्वजनिक गरेको ‘सानिमा फ्लेक्सी फण्ड’ घाटामा जाने लगभग निश्चित छ । यो फण्डको प्रभावकारिताका विषयमा स्वयम् कम्पनीकै कर्मचारी पनि विश्वस्त छैनन् । त्यसैमाथि म्युचुअल फण्डप्रति बिग्रेको लगानीकर्ताको मनोबल र गुमेको विश्वासका कारण यो योजना पनि लगभग घाटामा जाने निश्चित छ ।
What's Your Reaction?






