अमेरिका पठाउने भन्दै साढे ४ लाख ठग्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा उदयपुर जिल्ला वेलका नगरपालिका वडा नं. ०४ घर भई काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ०८ बस्ने ३२ वर्षीय शर्मिला बिष्ट रहेकी छिन् । उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका पठाउने भन्दै […]

Feb 18, 2025 - 06:18
 0
अमेरिका पठाउने भन्दै साढे ४ लाख ठग्ने पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा उदयपुर जिल्ला वेलका नगरपालिका वडा नं. ०४ घर भई काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ०८ बस्ने ३२ वर्षीय शर्मिला बिष्ट रहेकी छिन् ।
उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका पठाउने भन्दै ४ लाख ५० हजार रुपैयाँ ठगी गरेकी थिइन् । उनलाई पीडितले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले टेकुबाट पक्राउ गरेको हो ।
हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register