सानिमाको ‘सानिमा फ्लेक्सी फण्ड’ सार्वजनिक

काठमाडौँ । सानिमा बैंकले ‘सानिमा फ्लेक्सी फण्ड’ सार्वजनिक गरेको छ । सानिमा क्यापिटलद्वारा व्यवस्थापन गरिने उक्त खुलामुखी सामूहिक लगानी कोषको सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डले समेत स्वीकृति प्रदान गरिसकेको छ । उक्त योजनाको पहिलो चरणमा स्वीकृत कोष आकार १ अर्ब रुपैयाँ रहेको छ ।  योजना अन्तर्गत कुल १० करोड इकाईमध्ये ४ करोड इकाई सर्वसाधारणका लागि […]

Feb 18, 2025 - 06:24
 0
सानिमाको ‘सानिमा फ्लेक्सी फण्ड’ सार्वजनिक

काठमाडौँ । सानिमा बैंकले ‘सानिमा फ्लेक्सी फण्ड’ सार्वजनिक गरेको छ । सानिमा क्यापिटलद्वारा व्यवस्थापन गरिने उक्त खुलामुखी सामूहिक लगानी कोषको सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डले समेत स्वीकृति प्रदान गरिसकेको छ ।

उक्त योजनाको पहिलो चरणमा स्वीकृत कोष आकार १ अर्ब रुपैयाँ रहेको छ । 

योजना अन्तर्गत कुल १० करोड इकाईमध्ये ४ करोड इकाई सर्वसाधारणका लागि पहिलो चरणमा सार्वजनिक बिक्री खुला गरिनेछ । योजनाको कुल आकारको १३ प्रतिशत कोष प्रवद्र्धक सानिमा बैंक लिमिटेड र २ प्रतिशत अर्थात २० लाक इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि र बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

उक्त योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले सानिमा क्यापिटल लिमिटेडको कार्यालय, तोकिएका वितरकहरु वा अनलाइनमार्फत इकाई खरिदका लागि आवेदन दिन सकिनेछ । साथै व्यवस्थित लगानी योजना मार्फत पनि लगानीको अवसर उपलब्ध हुने कम्पनीले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register