लागूऔषधसहित ३ जनालाई पक्राउ

मोरङ, ६ फागुन । मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको मिक्लाजुङ–७ स्थितबाट इलका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा स्थानिय २० वर्षीय मनिष राईको घरमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ट्रामाडोल ९६, स्पास्टिन २३८ क्याप्सुल र नाईट्रेजेपाम ४ ट्यापलेट सहित प्रकाउ गरेको छ [...] The post लागूऔषधसहित ३ जनालाई पक्राउ appeared first on Jhapa Online.

Feb 18, 2025 - 06:25
 0
लागूऔषधसहित ३ जनालाई पक्राउ

मोरङ, ६ फागुन । मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको मिक्लाजुङ–७ स्थितबाट इलका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा स्थानिय २० वर्षीय मनिष राईको घरमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ट्रामाडोल ९६, स्पास्टिन २३८ क्याप्सुल र नाईट्रेजेपाम ४ ट्यापलेट सहित प्रकाउ गरेको छ ।

त्यसैगरी, सुनसरीको अस्थायीप्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलोले धरान उप महानगरपालिका–१६ का २० वर्षीय निशान तामाङको साथबाट ट्रमाडोल १८२ क्याप्सुल र स्पास्पेन १८२ चक्कीसहित पक्राउ गरेको छ भने उदयपुर त्रियुगा नगरपालिका ३ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलिले स्थानिय २७ वर्षीय दिपेश चौधरीलाई ५७ एम्पुल लागूऔषध औषधी सहित नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित लागूऔषध पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

The post लागूऔषधसहित ३ जनालाई पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register