सांसद कार्कीको माग – रेडक्रस माथिको छानबिन प्रतिवेदन सार्वजनिक होस्

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको भ्रष्टाचारमाथि समाज कल्याण परिषद्ले गरेको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सदनमा माग उठेको छ । मङ्गलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद तोसिमा कार्कीले प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी हुन् । पाँच महिना अगाडि प्रतिनिधि सभा बैठकमा समेत छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरेको भन्दै सदनप्रति सरकारले जवाफविहीन व्यवहार […]

Feb 18, 2025 - 08:15
 0
सांसद कार्कीको माग – रेडक्रस माथिको छानबिन प्रतिवेदन सार्वजनिक होस्

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको भ्रष्टाचारमाथि समाज कल्याण परिषद्ले गरेको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सदनमा माग उठेको छ ।

मङ्गलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद तोसिमा कार्कीले प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी हुन् ।

पाँच महिना अगाडि प्रतिनिधि सभा बैठकमा समेत छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरेको भन्दै सदनप्रति सरकारले जवाफविहीन व्यवहार देखाएको आरोपसमेत लगाइन् ।

“नेपाल रेडक्रस सोसाइटीमा भएको चरम भ्रष्ट्राचार कुरा उठाएको थिए । समाज कल्याण परिषद् १७औं छानबिनको १७ प्रतिवेदन सार्वजनिक गरियोस् भनेँ,” कार्कीले भनिन्, “जग्गा अपचलनको विषय, टेन्डर खरिद गर्दा भएको चलखेल र केन्द्रीय कार्यसमितिको वैधानिकतामाथि जवाफ मागेका थिए । न प्रतिवेदन सार्वजनिक भयो । न, कारबाही नै भयो ।”

सरकारले ध्यान नदिएकाले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले समेत नेपाल रेडक्रस सोसाइटीमाथि छानबिन गरिरहेको कार्कीले दाबी समेत गरिन् ।

“माघ २४ मा अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको चासो देखाएको छ । अनुपालन र मध्यस्थता समितिले पत्र पठाएका छन्” कार्कीले भनिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register