पाकिस्तानको बलुचिस्तानमा ७ जनाको हत्या

इस्लामावाद । बन्दुकधारीहरूले पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा कम्तीमा सात यात्रुको हत्या गरेको अधिकारीहरूले बुधबार पुष्टि गरेका छन् । हत्या ११ः४५ बजे भएको थियो । मङ्गलबार प्रान्तको बरखान जिल्लाको एक राजमार्गमा करिब ११ जना सशस्त्र बन्दुकधारीहरूले एक यात्रु बसलाई रोकेका थिए । यात्रुहरू प्रान्तीय राजधानी क्वेटाबाट पूर्वी पञ्जाब प्रान्तको फैसलाबाद जिल्ला जाँदै थिए । “बन्दुकधारीहरूसँग उनीहरूको […]

Feb 19, 2025 - 12:31
 0
पाकिस्तानको बलुचिस्तानमा ७ जनाको हत्या

इस्लामावाद । बन्दुकधारीहरूले पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा कम्तीमा सात यात्रुको हत्या गरेको अधिकारीहरूले बुधबार पुष्टि गरेका छन् ।

हत्या ११ः४५ बजे भएको थियो । मङ्गलबार प्रान्तको बरखान जिल्लाको एक राजमार्गमा करिब ११ जना सशस्त्र बन्दुकधारीहरूले एक यात्रु बसलाई रोकेका थिए ।

यात्रुहरू प्रान्तीय राजधानी क्वेटाबाट पूर्वी पञ्जाब प्रान्तको फैसलाबाद जिल्ला जाँदै थिए ।

“बन्दुकधारीहरूसँग उनीहरूको बारेमा विशेष जानकारी थियो । उनीहरूले यो विशेष गाडीलाई मात्र रोके र यात्रुहरूलाई मारेका थिए,” स्रोतहरूले बताए ।

सुरक्षा बल पुग्नुअघि नै आक्रमणकारीहरु घटनास्थलबाट भागेका थिए ।

बरखान पञ्जाब र बलुचिस्तान बीचको सीमावर्ती जिल्ला हो । यसले दुई प्रान्तहरू बीचको यात्रुहरूको लागि प्रमुख ट्रान्जिट मार्ग बनाउँछ ।

घटना लगत्तै कानून प्रवर्तन एजेन्सीहरूले घटनामा संलग्नहरूलाई पक्राउ गर्न खोजी अभियान सुरु गरेका छन् ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । सिन्ह्रा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register