झापाका किसानद्वारा मल अभाव र कालाबजारी नियन्त्रणको माग

झापा, ७ फागुन । झापाका किसानहरूले मल अभाव र कालाबजारी नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालय, झापामा ज्ञापनपत्र बुझाएका छन् । स्वतन्त्र किसान अभियान्ता मानप्रकाश संग्रौलाको नेतृत्वमा प्रस्तुत उक्त ज्ञापनपत्रमा सरकारी अनुदानमा उपलब्ध हुने मल सहज रूपमा पाउन नसकेको र बजारमा अत्यधिक मूल्य वृद्धि भएको गुनासो गरिएको छ । ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, सरकारी संस्थाहरू कृषि [...] The post झापाका किसानद्वारा मल अभाव र कालाबजारी नियन्त्रणको माग appeared first on Jhapa Online.

Feb 19, 2025 - 14:35
 0
झापाका किसानद्वारा मल अभाव र कालाबजारी नियन्त्रणको माग

झापा, ७ फागुन । झापाका किसानहरूले मल अभाव र कालाबजारी नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालय, झापामा ज्ञापनपत्र बुझाएका छन् । स्वतन्त्र किसान अभियान्ता मानप्रकाश संग्रौलाको नेतृत्वमा प्रस्तुत उक्त ज्ञापनपत्रमा सरकारी अनुदानमा उपलब्ध हुने मल सहज रूपमा पाउन नसकेको र बजारमा अत्यधिक मूल्य वृद्धि भएको गुनासो गरिएको छ ।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, सरकारी संस्थाहरू कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ्गमार्फत वितरण गरिने युरिया मलको मूल्य प्रतिबोरा ९०० देखि १००० रुपैयाँ हुनुपर्नेमा १६०० रुपैयाँसम्म विक्री भइरहेको छ। त्यस्तै, डिएपी मलको निर्धारित मूल्य २३०० देखि २४०० रुपैयाँ भए पनि बजारमा २८०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

स्थानीय सरकारले मल आपूर्तिको व्यवस्था गर्न नसकेको भन्दै किसानहरूले आक्रोश व्यक्त गरेका छन्। साथै, उनीहरूले मल अभाव समाधान गर्न प्रभावकारी पहल गर्न, कालाबजारी नियन्त्रण गर्न, र कृषि क्षेत्रका समस्याहरू समाधान गर्न नसक्ने प्रदेश कृषि मन्त्री तथा केन्द्रीय कृषि मन्त्रीको राजीनामा समेत माग गरेका छन्।

किसानहरूको खेती प्रतिको आकर्षण बढ्दै गइरहेको र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन प्रयास भइरहेको अवस्थामा सरकारले कृषि क्षेत्रलाई आवश्यक प्रविधि र पूर्वाधारको उचित व्यवस्था गर्नुपर्ने माग किसानहरूले गरेका छन्।

ज्ञापनपत्र बुझाइसकेपछि किसान अभियान्ता संग्रौलाले भने, ‘किसानहरूलाई आवश्यक मलसमेत सहज रूपमा उपलब्ध गराउन नसक्ने सरकारको भूमिका दयनीय छ। यदि तत्काल मल आपूर्तिको व्यवस्था र कालाबजारी नियन्त्रण गरिएन भने हामी आन्दोलनका थप कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं।

The post झापाका किसानद्वारा मल अभाव र कालाबजारी नियन्त्रणको माग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register