क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ २२ गतेदेखि आउँदै 

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँडसमेत गरिसकेको कम्पनीले अब भने सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीलाई धितोपत्र बोर्डले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ […]

Feb 20, 2025 - 02:50
 0
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ २२ गतेदेखि आउँदै 

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँडसमेत गरिसकेको कम्पनीले अब भने सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीलाई धितोपत्र बोर्डले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो । 

जसमध्ये कम्पनीले २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरि बाँडफाँड गरिसकेको छ । साथै कम्पनीका कर्मचारीका लागि ६७ हजार ५ सय कित्ता, सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५ सय कित्ता साधारण सेयर पनि बाँडफाँड गरिसकेको छ ।

अब भने कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ । 

फागुन २२ गतेदेखि निष्कासन हुने कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । उक्त आईपीओमा लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register