प्रधानन्यायाधीशको आग्रह : फैसलाबारे फेसबुकमा जथाभावी टिप्पणी नगर्नुस्
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अदालतको फैसलामा फेसबुकमा जथाभावी टिकाटिप्पणी नगर्न कानुन व्यवसायीलाई अनुरोध गरेका छन् । सर्वोच्च अदालतल बार एशोसियनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले कानुन व्यवसायीलाई अदालतको फैसलामा जथाभावी नबोल्न भनेका हुन् । कानुन व्यवसायीहरूकै सारगर्वित टिप्पणीबाट अदालतका त्रुटी सच्चिने भएकाले फैसलाको सान्दार टिप्पणी हुनुपर्ने उनले बताएका हुन् । “तपाईंहरूकै […]

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अदालतको फैसलामा फेसबुकमा जथाभावी टिकाटिप्पणी नगर्न कानुन व्यवसायीलाई अनुरोध गरेका छन् ।
सर्वोच्च अदालतल बार एशोसियनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले कानुन व्यवसायीलाई अदालतको फैसलामा जथाभावी नबोल्न भनेका हुन् ।
कानुन व्यवसायीहरूकै सारगर्वित टिप्पणीबाट अदालतका त्रुटी सच्चिने भएकाले फैसलाको सान्दार टिप्पणी हुनुपर्ने उनले बताएका हुन् ।
“तपाईंहरूकै सानदार र सारगर्वित टिप्पणीबाट अदालतका त्रुटी सच्चिएका छन् । यद्यपी, फैसला चित्त नबुझ्दा फेसबुकमा जथाभावी बोल्दा हामीलाई कहाँ पुर्याउँछ ?” उनले प्रश्न गरे ।
लयमा फर्केको न्यापापलिकाको साख जोगाउने विषयमा हातेमालो गर्न उनले कानुन व्यवसायीलाई आग्रह गरेका छन् । “लयमा फर्किएको न्यायपालिकाकाको साख सबै मिलेर जोगाउनुपर्छ । तसर्थ, न्यायपालिकामाथि हुने अवाञ्छित आक्रमणबाट जोगाउन सर्वोच्च अदालत बार एशोसियसन रक्षा कवज हुनुपर्यो,” राउतले भने ।
What's Your Reaction?






