दमकको सानो प्रयास युवा समाजद्वारा एम्बुलेन्स सञ्चालनमा
दमक, ९ फागुन । टोल नगर हुँदै राष्ट्रसम्मको सामाजिक रूपान्तरणको निम्ति भन्ने उद्देश्यले स्थापना भएको सानो प्रयास युवा समाजले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोरोना कालमा स्थापना भएको यस संस्थाले समाजमा विभिन्न सामाजिक गतिविधिहरू गर्दै आइरहेको छ । संस्थाले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई लक्षित गरी विशेष सेवा सुविधा दिनका निम्ति एम्बुलेन्स सञ्चालनमा ल्याएको [...] The post दमकको सानो प्रयास युवा समाजद्वारा एम्बुलेन्स सञ्चालनमा appeared first on Jhapa Online.

दमक, ९ फागुन । टोल नगर हुँदै राष्ट्रसम्मको सामाजिक रूपान्तरणको निम्ति भन्ने उद्देश्यले स्थापना भएको सानो प्रयास युवा समाजले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
कोरोना कालमा स्थापना भएको यस संस्थाले समाजमा विभिन्न सामाजिक गतिविधिहरू गर्दै आइरहेको छ । संस्थाले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई लक्षित गरी विशेष सेवा सुविधा दिनका निम्ति एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। समाजसेवा गर्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको संस्थाका अध्यक्ष छवि खतिवडाले जानकारी दिनुभयो । संस्थाले प्रत्येक महिना सरकारी स्कुलमा शैक्षिक सामग्री वितरण गर्ने जाडोमा न्यानो कपडा वितरण गर्ने लगायतका थुप्रै कार्यक्रमहरु गर्दै आइरहेको छ ।
The post दमकको सानो प्रयास युवा समाजद्वारा एम्बुलेन्स सञ्चालनमा appeared first on Jhapa Online.
What's Your Reaction?






