नेपालमा युरोपेली हेलिकप्टर आयातमा प्रतिबन्ध

काठमाडौँ । नेपालमा युरोपेली हेलिकप्टर आयातमा प्रतिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपियन कम्पनी एयरबसको हेलिकप्टर आयातमा प्रतिबन्ध लगाएको हो । एउटै कम्पनीका मात्रै नभई फरक फरक कम्पनीको जहाज ल्याउन प्रोत्साहन गर्ने नीति अनुसार यस्तो निर्णय गरेको प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ । हाल नेपालका अधिकांश एयरलाइन्स कम्पनीहरूले एयरबसको हेलिकप्टर र युरोपेली जहाज […]

Feb 21, 2025 - 02:35
 0
नेपालमा युरोपेली हेलिकप्टर आयातमा प्रतिबन्ध

काठमाडौँ । नेपालमा युरोपेली हेलिकप्टर आयातमा प्रतिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपियन कम्पनी एयरबसको हेलिकप्टर आयातमा प्रतिबन्ध लगाएको हो ।

एउटै कम्पनीका मात्रै नभई फरक फरक कम्पनीको जहाज ल्याउन प्रोत्साहन गर्ने नीति अनुसार यस्तो निर्णय गरेको प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ ।

हाल नेपालका अधिकांश एयरलाइन्स कम्पनीहरूले एयरबसको हेलिकप्टर र युरोपेली जहाज निर्माता कम्पनी एटिआरको जहाज उडाइरहेका छन् । अर्कोतर्फ एयरबस कम्पनीका एयरक्राफ्टमा प्राविधिक रुपमा कैफियत देखिएको पनि प्राधिकरणले जनाएको छ । 

युरोपियन युनियनले नेपालको उड्डयनलाई विगत एक दशकदेखि कालोसूचीमा राख्दै आएको छ । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले कालोसूचीबाट हटाउँदा पनि इयूले नहटाएपछि एयरबसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register