प्रकृति लम्सालको सम्झनामा छात्रवृत्ति कोष स्थापना गरिनेछः केआईआईटी
काठमाडौं । भारतको ओडिशास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि यो छात्रवृत्ति कोष बनाउने जानकारी दिएको हो । केआईआईटीका संस्थापक प्राध्यापक अच्युत सामन्तले प्रकृतिको परिवारसँग भेट गरी समवेदना प्रकट गर्दै उनको सपना जीवित राख्ने प्रतिबद्धता जनाएका छन् । प्रकृतिका बुबाको इच्छाअनुसार नेपाली विद्यार्थीहरूलाई लक्षित गरी विशेष छात्रवृत्ति प्रदान गर्न लागिएको उनले जनाए ।...

What's Your Reaction?






