अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लाग्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल विधेयकको बचाउ गर्दै सरकारले बनाउने कानुनले कसैको अधिकार नमिच्ने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल विधेयकको मस्यौदा बनाउँदा माओवादी केन्द्र पनि सँगै रहेकाले उसले विरोध गर्न नसुहाउने उल्लेख गरे । “ज-जसले सामाजिक सञ्जालको विरोध गरिरहेका छन्, तिनीहरूले सामाजिक सञ्जाल विधेयकको मस्यौदा […]

Feb 21, 2025 - 10:41
 0
अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लाग्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल विधेयकको बचाउ गर्दै सरकारले बनाउने कानुनले कसैको अधिकार नमिच्ने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल विधेयकको मस्यौदा बनाउँदा माओवादी केन्द्र पनि सँगै रहेकाले उसले विरोध गर्न नसुहाउने उल्लेख गरे ।

“ज-जसले सामाजिक सञ्जालको विरोध गरिरहेका छन्, तिनीहरूले सामाजिक सञ्जाल विधेयकको मस्यौदा हामीसँगै बसेर बनाएका हुन् । टिकटक प्रतिबन्ध गर्नेहरू अहिले वाकस्वतन्त्रताको हिमायती निस्किएका छन् । उनीहरूले विधेयकको विरोध गरेको सुहाउँदैन,” उनले भने ।

प्रधानमन्त्री ओलीले  सरकारले बनाउने कानुनले कसैको पनि अधिकार नमिच्ने बताएका छन् । “हामी अधिकारका लागि लडेर आएका हौँ । हामीले बनाउने कुनै कानुनले कसैको पनि अधिकार मिचिँदैन,” उनले भने ।

सरकार छिटो छिरितो ढङ्गले कानुन निर्माणमा अग्रसर भइरहेको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register