कचनकवल–६ को बजेट ४६ लाख ५० हजार, खर्च जम्मा ३ लाख ३० हजार !
कचनकवल, ९ फागुन । कचनकवल गाउँपालिका वडा नं. ६ मा चालु आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजित बजेटको खर्च अत्यन्तै न्यून देखिएको छ । उपलब्ध विवरणअनुसार कुल ४६ लाख ५० हजारको बजेट विनियोजन गरिए पनि फाल्गुण ९ गतेसम्म जम्मा ३ लाख ३० हजार १०३ मात्र खर्च भएको छ । जुन कुल बजेटको मात्र ६.०९ प्रतिशत [...] The post कचनकवल–६ को बजेट ४६ लाख ५० हजार, खर्च जम्मा ३ लाख ३० हजार ! appeared first on Jhapa Online.

कचनकवल, ९ फागुन । कचनकवल गाउँपालिका वडा नं. ६ मा चालु आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजित बजेटको खर्च अत्यन्तै न्यून देखिएको छ ।
उपलब्ध विवरणअनुसार कुल ४६ लाख ५० हजारको बजेट विनियोजन गरिए पनि फाल्गुण ९ गतेसम्म जम्मा ३ लाख ३० हजार १०३ मात्र खर्च भएको छ । जुन कुल बजेटको मात्र ६.०९ प्रतिशत हो ।
विभिन्न अनुदान तथा विकास योजनाहरूका लागि विनियोजित रकममध्ये कतिपय योजनामा कुनै खर्च नभएको देखिन्छ भने केही योजनाहरूमा आंशिक मात्र खर्च भएको छ । कतिपय योजनाहरूमा ८४ प्रतिशतसम्म खर्च भए पनि अधिकांश योजनामा रकम खर्च नगरिएको विवरण सार्वजनिक भएको छ ।
बजेट खर्चको यस्तो अवस्था रहनुको मुख्य कारण योजना कार्यान्वयनमा ढिलाइ, ठेकेदार र स्थानीय निकायबीचको समन्वय अभाव र प्रशासनिक प्रक्रिया जटिलता हुनसक्ने अनुमान गरिएको छ।
स्थानीय सरकारको बजेटको उचित कार्यान्वयन नहुनुले विकास निर्माणमा असर पार्ने मात्र होइन, आर्थिक स्रोतको सदुपयोग पनि प्रभावित हुने विज्ञहरूको धारणा छ। स्थानीय बासिन्दाहरूले समयमा बजेट खर्च नगर्दा विकास निर्माणका कार्यहरू प्रभावित हुने भन्दै सम्बन्धित निकायलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।
यस विषयमा कचनकवल गाउँपालिकाका सरोकारवाला निकायहरूले आवश्यक ध्यान दिनुपर्ने देखिन्छ । ताकि बजेटको प्रभावकारी प्रयोग गर्दै विकास योजनाहरूलाई समयमै कार्यान्वयन गर्न सकियोस् ।
The post कचनकवल–६ को बजेट ४६ लाख ५० हजार, खर्च जम्मा ३ लाख ३० हजार ! appeared first on Jhapa Online.
What's Your Reaction?






